mandalischool2014@gmail.com 9851310417
Mandali Secondary School (Technical School) मण्डली माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)Mandali Secondary School (Technical School) Gangajamuna-5, Phulkharka • स्थापना 1957Gangajamuna-5, Phulkharka • Est. 1957
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

मण्डली माध्यमिक विद्यालयMandali Secondary School

Mandali Secondary School
हाम्रो कथाOur story

मण्डली माध्यमिक विद्यालयMandali Secondary School

मण्डली माध्यमिक विद्यालय (प्राविधिक विद्यालय) एक सरकारी शैक्षिक संस्था हो, जसले प्रारम्भिक बाल विकास (ECD) देखि कक्षा १२ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। कक्षा ९ देखि १२ सम्म प्राविधिक धार समेत सञ्चालन भइरहेको यस विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक तथा सीपमूलक शिक्षा प्रदान गर्दै सक्षम, जिम्मेवार र आत्मनिर्भर विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको छ।

विद्यालयले सबै धर्म, जाति, भाषा, संस्कृति र पृष्ठभूमिका विद्यार्थीहरूलाई समान अवसरका साथ स्वागत गर्दछ। आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि आवश्यकता अनुसार छात्रवृत्तिको व्यवस्था समेत गरिन्छ।

Mandali Secondary School (Technical School) is a government educational institution that has been providing quality education from Early Childhood Development (ECD) to Grade 12. Operating a technical stream from Grade 9 to 12 as well, the school aims to produce capable, responsible, and self-reliant students by providing practical and skill-based education alongside theoretical knowledge.

The school welcomes students from all religions, castes, languages, cultures, and backgrounds with equal opportunities. Scholarship arrangements are also made based on need for economically underprivileged students.

शैक्षिक कार्यक्रम

विद्यालयमा निम्न शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्:

प्रारम्भिक बाल विकास (ECD)
- आधारभूत तह (कक्षा १–८)
- माध्यमिक तथा उच्च माध्यमिक तह (कक्षा ९–१२)
- साधारण धार: व्यवस्थापन र शिक्षा संकाय
- प्राविधिक धार: कृषि बाली विज्ञान

सुविधाहरू
विद्यालयमा निम्न सुविधा उपलब्ध छन्:
- व्यवस्थित कक्षा कोठा र सिकाइ वातावरण
- विज्ञान तथा प्राविधिक प्रयोगशाला
- पुस्तकालय सुविधा
- खेलकुद मैदान
- अनुभवी तथा समर्पित शिक्षकहरू
- छात्रवृत्ति कार्यक्रम

विद्यालयका मूल्य र विशेषताहरू
- अनुशासन र समयपालन
- व्यवहारिक तथा सीपमूलक शिक्षा
- समावेशी र समान अवसर
- विद्यार्थी–केन्द्रित सिकाइ
- समुदायसँग सहकार्य
- नैतिक तथा सामाजिक मूल्य विकास

वि.सं. २०१४ साल (सन् १९५७) मा स्थापना भएको यस विद्यालय धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ५, फुलखर्कमा अवस्थित एक ऐतिहासिक तथा प्रतिष्ठित शैक्षिक संस्था हो। करिब ६८ वर्षभन्दा बढीको शैक्षिक यात्रासहित, यस विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५२ किलोमिटर मोटरमार्गको पहुँचमा तथा समुद्री सतहबाट करिब १,३०० मिटर उचाइमा अवस्थित यस विद्यालयले स्थापना कालदेखि नै ग्रामीण समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय तथा पहुँचयोग्य शिक्षा प्रदान गर्ने उद्देश्यलाई आत्मसात गर्दै आएको छ।

विद्यालयले समयसँगै शैक्षिक गुणस्तर सुधार गर्दै साधारण तथा प्राविधिक दुवै धारमा अध्ययन-अध्यापन सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा करिब 4०० विद्यार्थी अध्ययनरत छन्। साधारण धार अन्तर्गत व्यवस्थापन तथा शिक्षा संकायको पठनपाठन भइरहेको छ भने प्राविधिक धार (कक्षा ९–१२) अन्तर्गत कृषि बाली विज्ञान विषयको अध्यापन सफलतापूर्वक सञ्चालन हुँदै आएको छ ।

नेपाल सरकारको देशभर १०० वटा प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम अन्तर्गत वि.सं. २०७० सालदेखि यस विद्यालय धादिङ जिल्लाकै एकमात्र प्राविधिक विद्यालयका रूपमा छनोट भई कृषि बाली विज्ञान विषयको प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई आधुनिक कृषि प्रविधि, व्यावहारिक सीप तथा स्वरोजगारमुखी अवसरतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

स्थापनाकालदेखि नै विद्यालयले शैक्षिक उत्कृष्टता, अनुशासन, नैतिक मूल्य तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ। लामो शैक्षिक इतिहास, निरन्तर सुधार र समुदायको विश्वासका आधारमा विद्यालयले आफ्नो गौरवशाली पहिचानलाई अझ सुदृढ गर्दै भविष्यतर्फ अघि बढिरहेको छ।

Educational Programs

The school has been running the following educational programs:

  • Early Childhood Development (ECD)

  • Basic Level (Grades 1–8)

  • Secondary and Higher Secondary Level (Grades 9–12)

    • General Stream: Management and Education faculties

    • Technical Stream: Agricultural Plant Science

    Facilities

    The school provides the following facilities:

    • Well-organized classrooms and learning environment

    • Science and technical laboratories

    • Library facilities

    • Sports ground

    • Experienced and dedicated teachers

    • Scholarship programs

    Values and Features

    • Discipline and punctuality

    • Practical and skill-based education

    • Inclusivity and equal opportunity

    • Student-centered learning

    • Collaboration with the community

    • Development of moral and social values

    History and Location

    Established in the year 2014 B.S. (1957 A.D.), this school is a historical and prestigious educational institution located in Phulk harka, Ward No. 5 of Gangajamuna Rural Municipality, Dhading District. With an educational journey spanning over 68 years, this school has been making significant contributions to the educational development of this region.

    Situated approximately 52 kilometers by motorable road from the district headquarters, Dhading Besi, and at an altitude of about 1,300 meters above sea level, the school has embraced the objective of providing quality and accessible education to rural community students since its inception.

    The school has been enhancing its educational quality over time, conducting teaching and learning in both general and technical streams. Currently, around 400 students are enrolled in the school. Under the general stream, classes for Management and Education faculties are being conducted, while under the technical stream (Grades 9–12), the teaching of Agricultural Plant Science is being successfully operated.

    Under the Government of Nepal's program to establish 100 technical schools nationwide, this school was selected in 2070 B.S. as the only technical school in Dhading district, and has been running technical education in Agricultural Plant Science since then. This has played a vital role in leading students toward modern agricultural technology, practical skills, and self-employment opportunities.

    Since its establishment, the school has prioritized educational excellence, discipline, moral values, and collaboration with the community. Based on its long educational history, continuous improvement, and the trust of the community, the school is moving toward the future while further strengthening its glorious identity.

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 0000000
विद्यालय कोडSchool Code 300360003
EMIS Code 0000000
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

हाम्रो दृष्टिकोण एक यस्तो उत्कृष्ट शैक्षिक केन्द्र बन्नु हो जहाँ प्रत्येक विद्यार्थीले आफ्नो क्षमता पहिचान गर्दै आत्मविश्वासका साथ भविष्य निर्माण गर्न सकोस्। हामी विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी नवप्रवर्तन, अनुसन्धान र व्यावहारिक सीपमा सक्षम बनाउने शैक्षिक वातावरण सिर्जना गर्न चाहन्छौं।हाम्रो दृष्टिकोण एक यस्तो उत्कृष्ट शैक्षिक केन्द्र बन्नु हो जहाँ प्रत्येक विद्यार्थीले आफ्नो क्षमता पहिचान गर्दै आत्मविश्वासका साथ भविष्य निर्माण गर्न सकोस्। हामी विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी नवप्रवर्तन, अनुसन्धान र व्यावहारिक सीपमा सक्षम बनाउने शैक्षिक वातावरण सिर्जना गर्न चाहन्छौं।

लक्ष्यMission

हाम्रो मिशन गुणस्तरीय शिक्षालाई सबै विद्यार्थीका लागि पहुँचयोग्य बनाउनु हो। - व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिनु - विज्ञान, प्रविधि र कृषि शिक्षालाई सशक्त बनाउनु - अनुशासित, सुरक्षित र विद्यार्थीमैत्री वातावरण निर्माण गर्नु - सह–शैक्षिक तथा अतिरिक्त क्रियाकलापमार्फत समग्र विकासमा सहयोग गर्नु - स्थानीय समुदायसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर सुधार गर्नु हामी विश्वास गर्छौं कि यी उद्देश्य, दृष्टिकोण र मिशनले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गर्नेछ।हाम्रो मिशन गुणस्तरीय शिक्षालाई सबै विद्यार्थीका लागि पहुँचयोग्य बनाउनु हो। - व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिनु - विज्ञान, प्रविधि र कृषि शिक्षालाई सशक्त बनाउनु - अनुशासित, सुरक्षित र विद्यार्थीमैत्री वातावरण निर्माण गर्नु - सह–शैक्षिक तथा अतिरिक्त क्रियाकलापमार्फत समग्र विकासमा सहयोग गर्नु - स्थानीय समुदायसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर सुधार गर्नु हामी विश्वास गर्छौं कि यी उद्देश्य, दृष्टिकोण र मिशनले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गर्नेछ।

मूल्यValues

हाम्रो विद्यालयको मुख्य उद्देश्य गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्नु हो। विद्यार्थीहरूको बौद्धिक, सामाजिक, नैतिक र शारीरिक विकासमा सहयोग गर्दै उनीहरूलाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा तयार गर्नु हाम्रो लक्ष्य हो। साथै, प्रविधि, कृषि र विज्ञानमा आधारित शिक्षालाई प्रवर्द्धन गर्दै स्थानीय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखिएको छ।हाम्रो विद्यालयको मुख्य उद्देश्य गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्नु हो। विद्यार्थीहरूको बौद्धिक, सामाजिक, नैतिक र शारीरिक विकासमा सहयोग गर्दै उनीहरूलाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा तयार गर्नु हाम्रो लक्ष्य हो। साथै, प्रविधि, कृषि र विज्ञानमा आधारित शिक्षालाई प्रवर्द्धन गर्दै स्थानीय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखिएको छ।

इतिहासOur history

विद्यालयको इतिहासSchool History

1957

इतिहासHistory

वि.सं. २०१४ साल (सन् १९५७) मा स्थापना भएको यस विद्यालय धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ५, फुलखर्कमा अवस्थित एक ऐतिहासिक तथा प्रतिष्ठित शैक्षिक संस्था हो। करिब ६८ वर्षभन्दा बढीको शैक्षिक यात्रासहित, यस विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
Established in 1957, this school is a historic and prestigious educational institution located in Phulkharka, Ward No. 5, Gangajmuna Rural Municipality, Dhading District. With an educational journey of more than 68 years, this school has been making a significant contribution to the educational development of this region.
Gyanendra Bahadur Karki
प्रधानाध्यापकको सन्देशPrincipal's message

ज्ञानेन्द्र बहादुर कार्कीGyanendra Bahadur Karki

प्रिय अभिभावकज्यूहरू र विद्यार्थीहरू,हाम्रो विद्यालयको वेबसाइटमा तपाईंहरू सबैलाई हार्दिक स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। प्रधानाध्यापकको हैसियतले, विद्यालय र यहाँ कार्यरत सम्पूर्ण शिक्ष…Dear Parents, Guardians, and Students, It gives me immense pleasure to welcome you all to our school's website. As the Principal, I am deeply impressed by the dedication, hard work, and commitment of…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Kumar Bahadur Adhikari
अध्यक्षको सन्देशChairman's message

कुमार बहादुर अधिकारीKumar Bahadur Adhikari

हाम्रो विद्यालयले आफ्नो स्थापनाकालदेखि आजसम्म शिक्षाको क्षेत्रमा एक गौरवशाली यात्रा तय गर्दै आएको छ। वर्षौंको निरन्तर परिश्रम, समर्पण र लगनशीलताको फलस्वरूप आज हाम्रो विद्यालय यस क्षेत्रमा एक विश्वसनीय…Since its establishment, our school has embarked on a glorious journey in the field of education. As a result of years of continuous hard work, dedication, and perseverance, our school stands today as…

पूरा सन्देश पढ्नुहोस् →Read full message →